काठमाडौं। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी नियुक्त हुनुभएको छ। संघको आज सम्पन्न विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गरेको हो।
यसअघिसम्म कृषि विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय अध्यक्ष रहनुभएको थियो। संघको विधानले सीईओ नहुनेबित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।
केसी यसअघि संघमा उपाध्यक्ष हुनुहुन्थ्यो। एनएमबि बैंकका सीईओसमेत रहनुभका केसी कृषि विकास बैंकबाट उपाध्यय बाहिरिएसँगै पुस ७ देखि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो।