काठमाडौं । लुम्बिनी अल स्टारले पहिलो संस्करणको नेपाल टी—ट्वान्टी लिगको च्याम्पियन बनेको छ । विराटनगर सुपर किंग्सले लुम्बिनीसँग २४ रनले पराजित भएको हो ।
टियु मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनायो ।
विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनायो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा ईशान पाण्डेले १८ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत,कियोन जोसेफ,सूर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।
पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् ।
यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।
च्याम्पियन लुम्बिनीले ५५ लाख पाएको छ । । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ । तेस्रोले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।