Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरीद्वारा दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरीद्वारा दाबी पेस

  • बुधवार, पौष २७ २०७९

  • 523
    SHARES

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरीद्वारा दाबी पेस
    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गर्नुभएको छ।  प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उहाँले एमालेसहित माओवादी, राप्रपालगायतका दलहरूको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुख  शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेस गरिएको हो । लुम्बिनीमा केन्द्रमा भएको गठबन्धनअनुसारै नयाँ सरकार बनाउन लागिएको हो । 
     
    लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । तर मुख्यमन्त्रीमा दाबी पेस गर्दा गिरीको पक्षमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका३, जनमतका ३, लोसपाका ३  र स्वतन्त्रका गरी ५८ जना सांसदले समर्थन गरेका छन् ।


    बुधवार, पौष २७ २०७९०२:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij