काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताउनुभयो ।
प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उहाँले संविधानको कार्यान्वयन गर्ने आफूहरुको प्रतिवद्धता भएको बताउनुभयो ।
संविधानको मर्म र भावना भन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
एक फरक प्रशंगमा बोल्दै उहाँले धेरैको अग्रहमा यसपाला दौरा सुरुवाल लगाएको पनि बताउनुभयो । शपथ लिनुभन्दा अघिल्लो दिन माननीय रवि लामिछानेलगायतले दौरासुरुवाल लगाउनका लागि आग्रह गरेको उहाँको भनाइ थियो ।