Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

  • शनिवार, पौष २३ २०७९

  • 386
    SHARES

  • आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

    काठमाडौं । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ ।

    संकटाले पोखरा रंगशालामा आज भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

    खेलको निर्धारित समय २र२ गोलको बराबरमा सकिएको थियो । त्यसपछि धकेलिएको अतिरिक्त समयको अन्तिममा संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताएका हुन् ।

    मेसुके ओलामाउ अघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका थिए । त्यसअघि संकटाका लागि सुरज ज्यू ठकुरी र मेसुकेले एकएक गोल गरेका थिए । बीवाइएससीका लागि रेने सान्टिलोन र विल्स ग्रिफितले एकएक गोल गरे ।

    प्रतियोगिताको विजेता संकटा ले १२ लाख रुपैयाँ पाएको छ भने उपविजेता बीवाइएससीले ६ लाख रुपैयाँमै चित्त बुझाएको छ ।


    शनिवार, पौष २३ २०७९०५:३४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij