Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मधेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

मधेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

  • शुक्रवार, पौष २२ २०७९

  • 489
    SHARES

  • मधेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
    काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गर्नुभएको छ।
     
    उहाँले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो।
     
    मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो।
     
    १०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९/९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १/१ र पाँच स्वतन्त्र सांसद छन् ।
     
    madesh-Pradesh_pramuskha_Government.jpg


    शुक्रवार, पौष २२ २०७९०३:०१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij