Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राहदानीको समस्या समाधान गर्न फ्रान्सको टोली आउँदै

राहदानीको समस्या समाधान गर्न फ्रान्सको टोली आउँदै

  • शुक्रवार, पौष २२ २०७९

  • 548
    SHARES

  • राहदानीको समस्या समाधान गर्न फ्रान्सको टोली आउँदै

    काठमाडौँ। राहदानीको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउँने भएको छ। विद्युतीय राहदानीको सर्बरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट आइडिमीयाको प्राविधिक टोली नेपाल आउने भएको हो ।

    राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवका अनुसार विज्ञ प्राविधिकको टोली सोमबारसम्म काठमाडौं आइपुग्ने भएको छ ।नेपालले विद्युतीय राहदानीको सुरुआत गरेपछि पहिलो पटक ‘स्टोरेज’ मा समस्या भएको हो। नेपाल सरकारले २०७८ को मंसिर १५ देखि विद्युतीय राहदानी जारी गर्न सुरु गरेको थियो ।

    जसको सम्पूर्ण जिम्मेवारी फ्रान्सेली कम्पनी आइडिमीयाले पाएको हो। आइतबारदेखि लगातार रुपमा सर्बरले नियमितभन्दा ढिलो काम गर्न थालेपछि विद्युतीय राहदानी लिन थप समय लाग्ने भएको छ ।

    विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले एक सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाइ तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गर्नुभएको थियो। विभागले उक्त समस्या समाधान गर्न प्राविधिक टोली प्रयासरत रहेको दाबी गरेको छ ।

    नेपालमै भएका आइडिमीयाका प्राविधिकहरुबाट समस्या समाधान नभएपछि शुक्रबार सिंगापुर र बेंग्लोरमा रहेका आइडिमीयाका प्राविधिक नेपाल आएका छन् भने फ्रान्सबाट सोमबार आउने तय भएको हो। विभागका अनुसार पहिलेको तुलनामा अहिले ६० प्रतिशत मात्र काम भएको छ ।


    शुक्रवार, पौष २२ २०७९०२:५९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij