Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड धोकेबाज, कांग्रेसभित्रै नेतृत्वलाई दोषारोपण गर्नु हास्यासपद (खासखबर)

प्रचण्ड धोकेबाज, कांग्रेसभित्रै नेतृत्वलाई दोषारोपण गर्नु हास्यासपद (खासखबर)

  • बुधवार, पौष २० २०७९

  • 506
    SHARES

  • प्रचण्ड धोकेबाज, कांग्रेसभित्रै नेतृत्वलाई दोषारोपण गर्नु हास्यासपद (खासखबर)

    काठमाडौं । जनताबाट पहिलो दलको रुपमा अनुमोदित भएको नेपाली कांग्रेसले पद र सत्ता प्राप्तिको प्रतिस्पर्धाका कारण गठबन्धन टुटेको टिप्पणी गरेको छ । निर्वाचनअघि गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री आशक्तिका कारण पनि गठबन्धन दलमा फुट आएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको दाबी छ । केही कमजोरी कांग्रेसबाट भएतापनि अन्तिम समयमा आफूहरु लचिलो भएको उहाँको भनाइ थियो ।

    गठबन्धन टुटिसकेपछि कांग्रेस नेतृत्वको आलोचना भइरहेका बेला प्रवक्ता महतले आज पत्रकार सम्मेलन गर्दै पार्टीविरुद्धका अभिव्यक्ति दिँदै हिड्नु आवश्यक नभएको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय अनुरुप नै सभापति शेरबहादुर देउवाले अन्तिम समयसम्म अड्डी लिनु स्वभाविक रहेको उहाँको भनाइ थियो । केही पार्टी पदाधिकारीहरुले नै आफूहरुको पहुँच नेतृत्वसम्म नरहेको र निर्णय प्रक्रियामा सामेल नगराएको भन्नु गलत तर्क रहेको महतको दाबी छ ।

    कांग्रेसले यसअघिको भद्र सहमतिलाई लत्याएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुग्नुभएको थियो । अघिल्लै दिनबाट सत्ताप्राप्तिको चतु¥याईं गरिरहेका ओलीले सहजै प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेर सत्तापलट भएको हो । कांग्रेसभित्रैका नेता तथा विश्लेषक पनि सभापति देउवाको कमजोर प्रस्तुतिले सत्ता गुमेको बताउँछन् । कांग्रेस नेता एवं राजनीतिक विश्लेषक शंकर तिवारीका अनुसार पार्टीको नेतृत्व गरिरहेकाहरुले सही निर्णय लिन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।

    अहिले कांग्रेसमा सत्ता गुम्दाको केही पीडा भएपनि युवा पंक्तिका नेताहरु भने यसबाट पाठ सिकेर संगठन सुदृढिकरण गर्नुपर्ने बताउँदै आएका छन् । कांग्रेस महामन्त्री गगन थापा पनि सत्ता गुम्दाको परिस्थितिबाट माथि उठेर संगठनको चुस्तामा लाग्नुपर्ने सुझाव दिनुहुन्छ ।

    पछिल्लो राजनीतिक घटनाक्रम अनुसार एमाले, माओवादीभित्रका युवा नेताहरु वामपन्थी नेतृत्वलाई एकतावद्ध गर्न सक्रिय रहे भने कांग्रेसभित्रका युवा पंक्तिहरु नेतृत्व लिने कसरतमा लागेका थिए । अहिलेको परिस्थितिलाई आंकलन गर्ने हो भने कांग्रेसले संगठनलाई मजबुद बनाउँदै आगामी कार्यदिशा तय गर्न सक्नुपर्दछ ।

     


    बुधवार, पौष २० २०७९०७:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij