Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राहदानी वितरण स्थगित : यी हुन् कारण

राहदानी वितरण स्थगित : यी हुन् कारण

  • मंगलवार, पौष १९ २०७९

  • 444
    SHARES

  • राहदानी वितरण स्थगित : यी हुन् कारण

    काठमाडौं । राहदानी विभागको सिस्टममा खराबी आएपछी राहदानी वितरण स्थगित भएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै सिस्टममा खराबी आएपछी आवेदकको स्टाटस हेर्ने र वितरण गर्ने कार्य स्थगित भएको उल्लेख गरेको छ।

    विभागका प्रवक्ता दुरपदा सापकोटाले जारी गरेको विज्ञप्तिमा अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको जनाउनुभएको छ ।

    'पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुन गएको छ। विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ' विज्ञप्तिमा भनिएको छ ।

    नियमित रूपमा राहदानी आवेदनका लागि समय लिएका सेवाग्राहीहरू सोही मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ।


    मंगलवार, पौष १९ २०७९०३:३४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij