काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ ।
संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतक मनोनीत गर्नुभएको हो ।
देउवाको निजी सचिवालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई मुख्य सचेतक नियुक्त गरेको जनाएको छ।
लेखक कन्चनपुर क्षेत्र नम्बर ३ बा विजयी हुनुभएको हो ।