Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विदेशबाट फर्किंदा मोबाइल ल्याउन देउ : प्रधानमन्त्री ‘प्रचण्ड’

विदेशबाट फर्किंदा मोबाइल ल्याउन देउ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • मंगलवार, पौष १९ २०७९

  • 406
    SHARES

  • विदेशबाट फर्किंदा मोबाइल ल्याउन देउ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुईवटा मोवाईल ल्याउदा उत्पन्न भएको समस्याको छानबिन गर्न निर्देशन दिनुभएको छ ।

    हिजो विदेशबाट नेपाल फर्कँदा एक व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीले भन्सार तिर्न बाध्य पारेपछि उत्पन्न भएको समस्याबारे तत्काल छानबिन गर्न निर्देशन दिनुभएको हो ।

    साथै उहाँले विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन निर्देशन दिनुभएको हो ।

    प्रधानमन्त्रीको निर्देशन विपरीत हिजो त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेसँगै प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।


    मंगलवार, पौष १९ २०७९०१:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij