Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदै

विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदै

  • मंगलवार, पौष १९ २०७९

  • 651
    SHARES

  • विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदै

    काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदै छ ।

    अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रङ्गशालामा राखिएको छ ।

    पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाउनुभएको थियो ।

    क्यान्सर पीडित उहाँको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रङ्गशालामा लगिएको थियो ।

    उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ ।


    मंगलवार, पौष १९ २०७९०८:५६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij