Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आहा ! रारा पोखरा गोल्डकप : मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

आहा ! रारा पोखरा गोल्डकप : मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

  • आइतवार, पौष १७ २०७९

  • 426
    SHARES

  • आहा ! रारा पोखरा गोल्डकप : मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

    काठमाडौं । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।

    पोखरा रंगशालामा आइतबार(आज) मछिन्द्र फुटबल क्लबलाई ३—१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

    चर्च ब्वाइजको जितमा आशिष् चापागाईँले दुई गोल गरे । आशिष् चौधरीको नाममा एक गोल रह्यो । मछिन्द्रका सौरभ सुब्बाले एक गोल फर्काए । 

    चर्च ब्वाइज आफ्नो डेब्यु सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    हिमश्री फुड्स प्रा. ली. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्।


    आइतवार, पौष १७ २०७९०४:५६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij