Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

  • आइतवार, पौष १७ २०७९

  • 529
    SHARES

  • प्रदेश १ मा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

    काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान भएको हो ।

    ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

    प्रदेश १ को पहिलो अधिवेशन पनि आजैबाट सुरु हुँदैछ ।

    Pradesh1.jpg


    आइतवार, पौष १७ २०७९०१:०२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij