Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

  • आइतवार, पौष १७ २०७९

  • 326
    SHARES

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

    काठमाडौं । आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो ।

    भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।

    उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

    पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदको समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाउने तयारी छ । विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।


    आइतवार, पौष १७ २०७९०८:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij