Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले कुनै पनि पार्टीसँग एकीकरण नगर्ने

एकीकृत समाजवादीले कुनै पनि पार्टीसँग एकीकरण नगर्ने

  • शनिवार, पौष १६ २०७९

  • 815
    SHARES

  • एकीकृत समाजवादीले कुनै पनि पार्टीसँग एकीकरण नगर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादी एमालेमा मिसिने हल्ला निराधार र कपोलकल्पित भएको बताउनुभएको छ ।

    आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो। उहाँले यो अथवा त्यो पार्टीसँग एकीकरण हुँदै छ भन्ने निराधार हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।

    बैठकले पार्टी सुदृढ बनाउने अभियानमा लाग्नेलगायत विषयमा निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

    बैठकमा पूर्व सत्ता गठबन्धन टुट्नुमा एकीकृत समाजवादीको कुनै पनि भूमिका रहे नरहेको बारेमा पनि छलफल भएको थियो । सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउने पूर्व सर्त पूरा नभएपछि टुक्रिएको बारेमा छलफल भएको उहाँले बताउनुभयो ।


    शनिवार, पौष १६ २०७९०२:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij