Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने

भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने

  • शुक्रवार, पौष १५ २०७९

  • 618
    SHARES

  • भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने

    काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्¥याइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् ।

    मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरिएको जनाएको छ ।

    विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू अब नचल्ने प्राधिकरणले जनाएको छ ।

    नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट आजसम्म दर्ता गर्न प्राधिकरणले यसअघि सूचना जारी गरेर आह्वान गरेको थियो । अब भने दर्ता नगरिने र त्यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ ।


    शुक्रवार, पौष १५ २०७९०८:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij