Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन

महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन

  • शुक्रवार, पौष १५ २०७९

  • 581
    SHARES

  • महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन

    काठमाडौं । महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि गएराती उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन् ।

    पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।

    पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ। पेलेले चारवटा बिश्व खेलेका थिए भने तीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भइ १४ खेलमा १२ गोल गरेका थिए ।

    उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।


    शुक्रवार, पौष १५ २०७९०६:४९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij