Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

राजस्व चुहावट नियन्त्रणमा अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछानेको चासो

राजस्व चुहावट नियन्त्रणमा अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछानेको चासो

  • बिहिवार, पौष १४ २०७९

  • 584
    SHARES

  • राजस्व चुहावट नियन्त्रणमा अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछानेको चासो

    काठमाडौं । राजस्व चुहावट नियन्त्रण गर्न नवनियुक्त मन्त्रीहरुले चासो बढाएका छन् । राजस्व चुहावटलाई नियन्त्रण गर्नुपर्नेमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशनसमेत दिनुभएको छ ।

    केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा उहाँहरुले यस्तो निर्देशन दिनुभएको हो ।बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलनका हिसावले नेपाल अहिले चूनौतिपूर्ण घडीमा रहेको बताउनुभयो ।

    उहाँले सबैले आ–आफ्नो जिम्मेवारी अनुरुपको जिम्मेवारी इमानदारीपूर्वक सम्पादन गर्न निर्देशन दिनुभयो ।बैठकमा गृहमन्त्री रवी लामिछानेले सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने काममा गृह मन्त्रालयको सक्रियतामा कुनै कमी नहुने आश्वासन दिनुभयो ।

    उहाँले सुरक्षा निकायका प्रमुखलाई तत्काल कार्ययोजना बनाएर काम गर्न र कर्मचारीलाई कुनै राजनीतिक दवाव र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोवलका साथ काम गर्न समेत निर्देशन दिनुभएको छ ।

    नेपालमा राजस्वबाट संकलित रकमले चालु खर्च समेत धान्न नपुग्ने अवस्था आएसँगै अहिले सरकार दबावमा छ । बैठकमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुख र राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरुको उपस्थिति रहेको थियो ।


    बिहिवार, पौष १४ २०७९०२:१७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij