Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सापकोटाको लेखा सुपरिवेक्षण समिति सदस्यमा उम्मेदवारी

राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सापकोटाको लेखा सुपरिवेक्षण समिति सदस्यमा उम्मेदवारी

  • बुधवार, पौष १३ २०७९

  • 410
    SHARES

  • राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सापकोटाको लेखा सुपरिवेक्षण समिति सदस्यमा उम्मेदवारी

    काठमाडौं । सहकारी विज्ञ केशवप्रसाद सापकोटाले राष्ट्रिय सहकारी बैंकको आसन्न निर्वाचनमा लेखा सुपरिवेक्षण समिति सदस्य (खुला) पदमा उम्मेदवारी दिएका छन् ।

    यही पुस १६ गते हुने बैंकको निर्वाचनसहितको १९औं वार्षिक साधारण सभामा सापकोटाले विकू बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । उनी गैंडाकोट-८, विजयनगर नवलपुर स्थित विकू बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् ।

    देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा परिचित विकूको अन्तर्राष्ट्रिय छवि दिनप्रतिदिन फैलदो छ । संस्थालाई आजको स्थितिसम्म ल्याइपुर्याउन सापकोटाको नेतृत्वदायी भूमिका रहेको छ । उनी २०५० सालदेखि विकू बचतमा आवद्ध छन् । सञ्चालक सदस्यबाट सुरु भएको विकूसँगको उनको नाता सहसचिव हुँदै अध्यक्षसम्म प्रगाढरुपमा जोडिएको थियो । सबै भूमिकालाई उत्तिकै न्याय गर्दै उनले संस्थाको साख वृद्धिमा आफ्नो कौशल प्रदर्शन गरेका थिए । सापकोटा हाल विजयीश्री उपभोक्ता सहकारी संस्थाका अध्यक्ष हुन् । संस्थाले मार्ट सञ्चालन गर्दै आएको छ ।

    यस्तै, विजय सामुदायिक शिक्षा सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेका सापकोटा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका संस्थापक सचिव समेत हुन् । उनीसँग संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य कार्यक्रममा तीन वर्ष सहकारी विज्ञको रुपमा काम गरेको अनुभव पनि छ । ५ सयभन्दा बढी सहकारी सम्बन्धी विभिन्न तालिम सञ्चालन गरेका सापकोटासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सहकारी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेको अनुभव पनि छ ।

    कृषि तथा वन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका सापकोटाको अनुसन्धानको विषय ‘सहकारीको गुणस्तरियता र सदस्य सन्तुष्टि’ रहेको छ । सापकोटाको उम्मेदवारी क्रम संख्या ३ रहेको छ । उनी सहित उक्त पदमा कुल ४ जना चुनावी मैदानमा छन् ।

    सहकारी क्षेत्रमा हासिल गरेको करिब ३ दशक लामो अनुभवलाई सहकारी बैंकमा प्रयोग गरी थप उचाईमा पुर्याउने उम्मेदवारी दिएको प्रारम्भिक प्रतिक्रिया सापकोटाले दिएका छन् ।

    उनीसँग सहकारी बैंकमा उम्मेदवारीको कारण, योजना लगायत समसामयिक विषयमा गरिएको कुराकानी भोलि सहकारी खबरमा पढ्न सक्नुहुनेछ ।


    बुधवार, पौष १३ २०७९०९:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij