Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको हातमा रिमोट, प्रचण्ड सेरेमोनियल ! (खासखबर)

एमालेको हातमा रिमोट, प्रचण्ड सेरेमोनियल ! (खासखबर)

  • मंगलवार, पौष १२ २०७९

  • 616
    SHARES

  • एमालेको हातमा रिमोट, प्रचण्ड सेरेमोनियल ! (खासखबर)

    काठमाडौं । मुलुकको राजनीतिमा आएको उछालले पानी बाराबारको स्थितिमा पुगेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहकार्यमा नयाँ सरकार बन्यो । सोही सरकारमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत स्वतन्त्र उम्मेदवारहरु पनि मिसिन आएका छन् । अहिले १६९ जना सांसदको बहुमत पाएर सरकार निर्माण भएको छ ।

    यो सरकारको स्थायित्वको विषयमा पनि अहिले नै प्रश्न खडा हुन थालेका छन् । कतिपयले एमालेको हातमा रिमोट कन्ट्रोल भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सेरेमोनियलको संज्ञा दिएका छन् भने कतिपयले यसलाई कठपुतली सरकार भनेका छन् । लोकतन्त्रमा सरकार अस्थिर बन्नु स्वभाविक प्रक्रिया भएपनि पद्धतीमै विश्वास नभएकाहरुको साँटगाठले यो सरकारको आयूलाई छोट्याउने शंका छ । लोकतन्त्रको मसिया भन्ने बेलायतमा तीन महिनामा तीनवटा सरकार पनि बनेका छन् । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार यो सत्तागठबन्धन दिर्घकालीन हुनेमा विश्वास छैन ।

    हिजो प्रतिगमनको मतियार भनेर एमालेको उछितो काट्ने प्रचण्ड ओली निवास बालकोटमा पुगेपछि राजनीतिले रंग त फेरेको छ, तर यसको कलर कहिलेसम्म रहन्छ भन्नेमा शंका देखिन्छ । एमाले नेता एवं सांसद सूर्य थापाका अनुसार निर्वाचनपछि सरकार गठनमा गठबन्धन बन्नु स्वभाविक भएपनि निर्वाचन अघिनै बनेको गठबन्धन स्थायी नहुने पक्का थियो । आफू निर्वाचन अघिको गठबन्धनको विरोधि रहेको बताउँदै उहाँले सरकार बनाउँदा संविधानको धारा ७६ को उपधारा २ प्रयोग गर्नुपर्ने देखिएकोले अहिलेको प्रक्रिया सकारात्मक रहेको बताउनुभयो ।

    माओवादी नेता दिनानाथ शर्माका अनुसार नेपालमा नेकपा बन्दाको दुर्लभस्थिति जस्तो सरकार बनाउन नमिल्ने भएकोले संविधानको धारा ७६ (२) को नै प्रयोग गर्नुपर्ने हुन्छ । सरकारलाई जोगाएर स्थायित्व र अमनचयन कायम राख्नसक्नु दलहरुको विवेकमा भर पर्छ ।।

    सरकार कसको र कस्तो बन्यो भन्दापनि अब कसरी विकास र समृद्धिमा लाग्न सकिन्छ राजनीतिक नेतृत्वले त्यतातिर ध्यान दिन जरुरी छ । सरकारलाई कसरी र कुन ट्रयाकमा लैजाने एमालेको हातमा रिमोट छ भने गलत प्रवृत्तिलाई खबरदारी गर्ने कांग्रेसको काँधमा जिम्मेवारी छ । यसलाई मलजल गरेर अबको पाँचवर्षलाई विकासे वर्षको रुपमा रुपान्तरण गर्न जरुरी देखिन्छ ।।

     


    मंगलवार, पौष १२ २०७९०७:४८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij