Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीले उद्योग मन्त्रालय लिने

जनमत पार्टीले उद्योग मन्त्रालय लिने

  • सोमवार, पौष ११ २०७९

  • 475
    SHARES

  • जनमत पार्टीले उद्योग मन्त्रालय लिने

    काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ ।

    संसद भवन, बानेश्वरमा आज बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।

    सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उद्योग मन्त्रालय पाएको छ, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ ।’

    प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो । यद्यपि, उहाँले अहिले आफू सरकारमा नजाने बताउनुभएको छ ।


    सोमवार, पौष ११ २०७९०३:०४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij