Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी 

कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी 

  • आइतवार, पौष १० २०७९

  • 561
    SHARES

  • कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी 
    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ । नेकपा माओवादी केन्द्र वर्तमान सत्ता गठबन्धनबाट बाहिरिने सँघारमा पुगेपछि कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
     
    आइतबार(आज) बिहान बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सरकारको नेतृत्व कसले पहिले गर्ने भन्ने विषयमा सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेको साथ खोज्न बालकोटतर्फ लागेका थिए ।
     
    अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको बैठक जारी छ ।
     
    यही बेला कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको हो । अनौपचारिक भनिएको बैठकमा सहभागी हुन उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला बालुवाटार प्रवेश गरेको स्रोतले जानकारी दियो ।


    आइतवार, पौष १० २०७९०३:२९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij