Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले छोडे माधव नेपाललाई, तीनकुनेमा पदाधिकारी बैठक शुरु

प्रचण्डले छोडे माधव नेपाललाई, तीनकुनेमा पदाधिकारी बैठक शुरु

  • आइतवार, पौष १० २०७९

  • 1.3K
    SHARES

  • प्रचण्डले छोडे माधव नेपाललाई, तीनकुनेमा पदाधिकारी बैठक शुरु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाउनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राख्नुभएको छ ।

    पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको एक केन्द्रीय सदस्यले बताएका छन्। बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेललगायत नेताहरू सहभागी रहेका छन् ।

    माओवादी केन्द्रले गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।


    आइतवार, पौष १० २०७९०२:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij