Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार गठनबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक सुरु

सरकार गठनबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक सुरु

  • शनिवार, पौष ९ २०७९

  • 622
    SHARES

  • सरकार गठनबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक सुरु
    काठमाडौं । नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन  दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन् । 
     
    भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन् ।  
     
    सहमति जुटाउनका लागि आज बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।


    शनिवार, पौष ९ २०७९०४:३९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij