काठमाडौँ – भक्तपुरमा एकै परिवारका तीन जना आफ्नै घरमा मृत भेटिएका छन् ।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। उक्त घरमा पालिएको कुकुर पनि मृत अवस्थामा भेटिएको छ ।
शव गन्हाइरहेको अवस्थामा रहेकाले केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।