Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल लगातार दुई खेलमा पराजित, आज श्रीलङ्कासँग सोझो सेटमा हार्यो

नेपाल लगातार दुई खेलमा पराजित, आज श्रीलङ्कासँग सोझो सेटमा हार्यो

  • शुक्रवार, पौष ८ २०७९

  • 428
    SHARES

  • नेपाल लगातार दुई खेलमा पराजित, आज श्रीलङ्कासँग सोझो सेटमा हार्यो

    काठमाडौं । बंगलादेशमा जारी काभा यू-२३ भलिबल च्याम्पिनयसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।हिजोदेखि बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग सोझो सेटमा पराजित भयो।

    ब्लक र रिसिभमा निरीह देखिएको नेपाल क्रमश: २६-२४, २५-१८, २५-१७ को नतिजामा पराजित भयो। पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो।

    पहिलो सेट २६-२४ को पराजय भोगेको नेपाल नेपालले दोस्रो सेटमा २५-२२ मा सीमित भयो। नेपालले अन्तिम सेटमा २५-२१ ले पराजित भएसँगै नेपालले अंक जोड्ने मौका गुमाएको थियो।

    हिजोदेखि सुरु भएको च्याम्पियनसिप ११ गतेसम्म चल्नेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार मुलुकको सहभागिता छ। नेपालले लिग चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्ने छ।

    नेपाल भलिबल संघ (एनभीए)ले खुला छनोटबाट ८० खेलाडी चुनेको थियो। दोस्रो चरणमा ८० बाट २० जनामा घटाइएका खेलाडीबाट १४ जनाको अन्तिम टिम घोषणा भएको थियो।


    शुक्रवार, पौष ८ २०७९०५:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij