काठमाडौँ – नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो। यो एकैदिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो।
काठमाडौँ उपत्यकामा मात्रै थप ६९६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ। बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।