Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

  • बुधवार, पौष ६ २०७९

  • 524
    SHARES

  • चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

    काठमाडौं । सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो ।

    सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन पनि खराब नदेखिएको भन्दै उनलाई संविधान अनुसार वृद्धको सुविधा दिनुपर्ने उल्लेख छ । आदेशमा अन्य मुद्दाबाट उनलाई थुनामा राख्नु नपर्ने भए तत्काल कारागारबाट रिहा गर्न र १५ दिनभित्र निजको देशमा डिपोर्ट गर्न पनि भनिएको छ ।

    दुई विदेशी पर्यटकको हत्याको अभियोगमा शोभराजलाई २०६० असोज १ गतेदेखि थुनामा राखिएको थियो । भक्तपुर जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तोकिएको कैद सजाय अनुसार उनी २०८० असोज १ गतेसम्म जेलमा रहनुपर्ने थियो ।


    बुधवार, पौष ६ २०७९०७:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij