काठमाण्डौं । मलेशियाको क्वाललम्पुर र पेनाङमा नेपाल सेल्स मिसन–२०२२ कार्यक्रम सम्पन्न भएको छ । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस (नाट्टा) को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो क्रममा नेपाली टोलीले मलेसियाका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गर्दै नेपाली पर्यटन व्यवसायी देखि सरकारी अधिकारीसम्मले नेपाल घुम्नका लागि त्यहाँका पर्यटन व्यवसायी र पर्यटकलाई आव्हान गरेका छन् ।
नेपाल सेल्स मिसन लिएर मलेसिया पुगेको नेपाल पर्यटन बोर्ड र नाट्टाको टोलीले नेपालका सुन्दर पर्यटकीय क्षेत्रको भ्रमण प्याकेज तयार गर्न मलेसियाका पर्यटन व्यवसायीलाई आग्रह गरे । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) डा. धनन्जय रेग्मीको नेतृत्वमा मलेसियामा गएको नेपाली पर्यटन टोलीले मलेसियाको पर्यटकीय सहर पेनाङमा सोमबार औपचारिक कार्यक्रमनै गरेर नेपाल भ्रमणको प्याकेज बनाउनेतर्फ विभिन्न आकर्षणबारे जानकारी सहित निम्तो दिएको हो
कार्यक्रमको बि–टु–बी सत्रमा नेपालका विभिन्न ट्राभल एजेन्टस् कम्पनीका संचालकहरुले मलेसियाका समकक्षी तथा व्यवसायीहरुसंग नेपालका आकर्षक गन्तब्य र पर्यटनका प्याकेजबारे छलफल तथा सम्झौता गरेका थिए । टोलिमा काठमाडौं,पोखरा र नेपालगन्जमा सन्चालित विभिन्न टुर अप्रेटरहरु को सहभागिता रहेको छ ।
अध्यक्ष श्रीराम सिग्देल नेपाल थियो । कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा।रेग्मीले मलेसिया रहेका नेपालीलाई आफ्नो देश घुम्न साथीलाई ल्याउने व्यवस्था मिलाउन आग्रह गर्नु भयो ।
मलेसियामा कार्यरत नेपालीले नै मलेसियाका आन्तरिक पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्न सक्ने भन्दै सीइओ डा।रेग्मीले त्यसका लागि पहल थाल्न पनि आग्रह गर्नुभयो ।
‘कोेभिड महामारी पछि बिस्तारै माथि उठ्न खोजेको पर्यटनलाई बोर्ड र नाट्टाले संयुक्त प्रयासमा विभिन्न मुलुक पुगेर नेपाल भ्रमणका प्याकेजबारे जानकारीसंगै निमन्त्रणा गरेको छ ।
‘बोर्ड र नाट्टाले नेपालका सुन्दर पर्यटकीय क्षेत्र र नेपाल घुम्ने विशेष प्याकेज अहिले मलेसियाका विभिन्न शहरमा सार्वजनिक गरिरहेका छन् । जसले मलेसियामा रहेका पर्यटकलाई नेपाल आउन सहज गराउने विश्वास छ ।’ उहाँले भन्नुभयो ।
पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन प्रवर्द्धनका लागि यसखाले कार्यक्रम महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गर्दै नितिगत सहजीकरणका लागि सरकार तयार रहेको बताउनु भयो ।
उहाँले निजी क्षेत्रसंगको सहकार्यमा पर्यटन व्यवसायलाई प्रवर्द्धनको नितिमा आफ्नो सकारात्मक पहल हुने बताउनु भयो । बोर्डका वरिष्ठ प्रवन्धक सुनिल शर्माले नेपालका पर्यटकीय सम्भावना र आकर्षक गन्तव्यका बारेमा त्यहाँका व्यवसायीहरुलाई जानकारी गराएको र यसले नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा गरिएको बताउनु भयो ।
कार्यक्रममा नाट्टाका महासचिव कुमार थपलियाले मलेसियाका पर्यटकलाई हाम्रा देशका गन्तव्य महत्वपूर्ण तथा विशेष भएको भन्दै नेपाल घुम्नका लागि गरिएको आग्रह मलेसियाका व्यवसायीले सकारात्मक बताउनु भयो ।
कार्यक्रममा सहभागी नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले आफुहरुले समग्र नेपालसंगै पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरुबारे मलेसियाका पर्यटन ब्यबसायीलाई जानकारी गराएको जानकारी दिदै नेपालगन्जमा आयोजना गरिने वेस्टर्न ट्राभल मार्टमा सहभागी हुन समेत मलेसियन पर्यटन व्यवसायीलाई निमन्त्रणा गरेको बताउनु भयो ।
क्वालालम्पुरमा आयोजित कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, नेपाल पर्यटन बोर्डका सीइओ रेग्मी, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज ढकाल लगायतले नेपालको पर्यटनलाई प्रवर्द्धनका विभिन्न विषयमा धारणा राख्नु भएको थियो ।