Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

४ हजार २८५ उमेदवारको धरौटी जफत

४ हजार २८५ उमेदवारको धरौटी जफत

  • बुधवार, मंसिर २८ २०७९

  • 718
    SHARES

  • ४ हजार २८५ उमेदवारको धरौटी जफत

    काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उमेदवारको धरौटी जफत भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार ४ हजार २८५ उमेदवारको जमानत जफत भएको हो ।

    प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १७९ गरी एक हजार ९६१ उमेदवारको जमानत जफत भएको छ । प्रदेशसभातर्फ २ हजार ३२४ गरी कुल चार हजार २८५ उमेदवारको धरौटी जफत भएको आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

    यस्तै, प्रतिनिधिसभामा बन्दसूची पेस गर्ने ४० दलको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।


    बुधवार, मंसिर २८ २०७९०२:१०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij