Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट दुर्घटना अपडेटः मृत्यु हुने ९ जनाकै सनाखत

जाजरकोट दुर्घटना अपडेटः मृत्यु हुने ९ जनाकै सनाखत

  • सोमवार, मंसिर २६ २०७९

  • 820
    SHARES

  • जाजरकोट दुर्घटना अपडेटः मृत्यु हुने ९ जनाकै सनाखत

    काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा मानबहादुर रावल, बीर बहादुर खत्री, जयकुरा बुढा, बीरेन्द्र केसी, नैनसरा अधिकारी, अम्मरबहादुर खड्का, रामबहादुर बुढा, दीपक अधिकारी र देवीसरा बुढा छन्।

    दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा भएको हो। मृत्यु हुनेमा धेरैजसो लेवा गाँउका छन्। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्। घाइतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ ।


    सोमवार, मंसिर २६ २०७९०७:०४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij