Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धादिङमा वृद्ध दम्पती मृत फेला

धादिङमा वृद्ध दम्पती मृत फेला

  • सोमवार, मंसिर २६ २०७९

  • 299
    SHARES

  • धादिङमा वृद्ध दम्पती मृत फेला

    काठमाडौं । धादिङमा वृद्ध दम्पती मृत अबस्थामा फेला परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका हुन् ।

    स्थानिय विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आज विहान आफ्नै घरमा मृत भेटिएका हुन् । उनिहरुको मृत्यु शंकास्पद देखिएको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिनुभयो ।

    जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूको शरिरमा चोट समेत देखीएको छ । “विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा फेला परेको थियो भने निरमायाको शव घरभित्रै देखिन्छ।”

    मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन्। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।


    सोमवार, मंसिर २६ २०७९०३:२९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij