Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एसिड प्रहार गर्नेविरुद्ध ‘कडा कानुन’ बनाउन प्रधानमन्त्रीको निर्देशन

एसिड प्रहार गर्नेविरुद्ध ‘कडा कानुन’ बनाउन प्रधानमन्त्रीको निर्देशन

  • बिहिवार, भाद्र २५ २०७७

  • 809
    SHARES

  • एसिड प्रहार गर्नेविरुद्ध ‘कडा कानुन’ बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने जानकारी दिनुभएको छ । यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ति रोक्कागरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताउनुभएको छ ।

    देशभरी एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गर्नुभएको छ ।

    आक्रमणपछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने तथा पीडितलाई उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउनेसमेत उहाँले कार्यक्रममा जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्नसमेत उहाँले सबैलाई आह्वान गर्नुभएको छ ।


    बिहिवार, भाद्र २५ २०७७०४:१०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij