Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

हनी ट्र्यापको आरोपमा दुई महिलासहित तीन जना पक्राउ

हनी ट्र्यापको आरोपमा दुई महिलासहित तीन जना पक्राउ

  • आइतवार, मंसिर २५ २०७९

  • 307
    SHARES

  • हनी ट्र्यापको आरोपमा दुई महिलासहित तीन जना पक्राउ
    काठमाडौं । हनी ट्र्यापको आरोपमा दाङमा दुई महिला र एक पुरुष पक्राउ परेका छन् । बार्गेनिङ गरी रकम माग गरेको आरोपमा गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ दशरथ टोलमा बस्ने ३५ वर्षीय अनुष्का सिंह भन्ने कृष्णा गहतराज पक्राउ परेका छन् ।
     
    त्यस्तै तुलसीपुर १८ ग्वारखोलाकी ३८ वर्षीय कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
     
    उनीहरूले एक पुरुषसँग बार्गेनिङ गरी ठुलो रकम लिन खोजिरहेको अवस्थामा मंसिर १६ गते पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताउनुभयो । प्रहरीले उनीहरूलाई आज सार्वजनिक गरेको छ ।
     


    आइतवार, मंसिर २५ २०७९०४:२९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij