काठमाडौँ । नेपालमा टर्किस दूतावास खोल्नका लागि टर्की र नेपाल दुवै मुलुक सहमत भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र टर्कीका परराष्ट्रमन्त्रीहरु बीचको टेलिफोन संवादको क्रममा टर्कीले नेपालमा दूतावास खोल्ने सम्बन्धमा दुवै मुलुक सहमत भएका हुन् ।
अहिलेसम्म नेपालमा आवश्यक कामकारवाहीका लागी टर्कीले भारतमा रहेको आफ्नो दूतावासबाटै काम गर्दै आइरहेको छ ।
परराष्ट्रमन्त्री नारायण खड्का र टर्कीका परराष्ट्रमन्त्री मेवलट चाभुसोग्लुबीच भएको संवादमा नेपालमा द्विपक्षीय सहकार्य र चासोको विषयहरुसहित दूतावास खोल्ने सम्बन्धमा पनि सहमति भएको थियो ।