Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेपाल स्काउटका संयोजक भण्डारी विचौलिया रहेको सांसद खड्काको आरोप (विज्ञप्तिसहित)

नेपाल स्काउटका संयोजक भण्डारी विचौलिया रहेको सांसद खड्काको आरोप (विज्ञप्तिसहित)

  • आइतवार, मंसिर २५ २०७९

  • 338
    SHARES

  • नेपाल स्काउटका संयोजक भण्डारी विचौलिया रहेको सांसद खड्काको आरोप (विज्ञप्तिसहित)

    काठमाडौं । खड्का ल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटमा बसेर विचौलियाको काम गरेको आरोप लगाएको छ ।

    आज (आइतबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसदसमेत रहेका दीपक खड्का ल्याण्ड डेभलपमेन्टका पूर्व सञ्चालक दीपक खड्काले आफू भण्डारीविरुद्ध मानहानीको मुद्दा लिएर अदालत जाने घोषणा गर्नुभएको छ ।

    ‘‘स्काउटका साथीहरुले पटक–पटक भाडाको लागि टेण्डर आह्वान गर्दापनि लाउन सक्नुभएन । उहाँहरुले ऋण लिएको रहेछ । त्या ऋण चुक्ता गर्न नसकेको अवस्थामा मलाई अनुरोध गरेर यहाँ तपाईँले लिइदिनुपर्यो भनेर तत्कालिन अवस्थामा २०६२ सालमा प्रस्ताव आयो । सामाजिक संस्था भनेर म आएँ ।’ आफू कसरी स्काउटसँग जोडिएको भन्नेबारे प्रकाश पार्दै खड्काले पहेली सुनाए, ‘यहाँ ठूलो पोखरी थियो । फोहोर फाल्ने थलो थियो । व्यवसायीहरु धेरै हुनुहुन्छ । १० वर्षको कार्यकाल सकियो, फेरी पनि टेण्डर आह्वान भयो । अरुपनि संरचना तयार भए । निरन्तर रुपमा निविर्वाद ढंगले यहाँ सबै संस्था चलिरहेको छ । स्काउटलाई पनि हामीले प्रति महिना २० लाख रुपैयाँ, यो सबै संरचनाबाट बुझाउने गरिन्छ ।’

    उहाँले अहिले उक्त स्थानमा झण्डै–झण्डै दरबारमार्गजत्तिकै रेट असुल गरिने गरिएको सुनाउनुभयो । ‘०७४ पछि निर्वाचन भयो । केपी ओली प्रधानमन्त्री हुनुभयो । उहाँहरुले लोकबहादुर भण्डारी भन्ने, उहाँ राजनीति गर्ने मान्छे । स्काउटको मान्छे होईन । उहाँले ५० हजार डोनेशन स्काउटलाई दिन्छु भनेर, पैसा पनि नदिएको भन्ने बुझिएको छ । स्काउट भएर छिरेर उहाँ यहाँ कब्जा गर्ने उद्देश्यले आएको देखिन्छ । उहाँ स्कुल पनि सञ्चालन गर्नुहुन्छ अरे । उहाँले स्कुल यहाँ सञ्चालन गर्न चाहनुहुन्छ भन्ने सुन्नमा आएको छ । डोजर लगाएर संरचना भत्काउने तयारी भएको थियो । त्यो रोकियो । र, उहाँले त्यो गर्न नसकेपछि, विभिन्न बहानामा कहिले मन्त्रिपरिषदबाट निर्णय गराएको छ, मैले उहाँको बारेमा भन्नुपर्दा उहाँ स्काउट होईन एउटा विचौलिया टाइपको मान्छे हो ।’

    भण्डारीले एमालेलाई पनि भ्रममा राख्ने काम गरेको खड्काको अरोप छ । करोडौंको पैसाको अपचलन गरेको भनेर हामीले निवेदन दिएका छौं । मन्त्रालयले अहिले छानबनि गरिरहेको छ। तर, उहाँले टेर्नुभएको छैन् । हामीले अख्तियारमा पनि निवेदन दिएका छौं । अख्तियारले पनि छानबिन गरिराखेको छ ।’

     

    उहाँले स्काउटको थुप्रै सम्पत्ति रहेको उल्लेख गर्दै ती सम्पत्तिको सही सदुपयोग गर्नतर्फ भण्डारीले कुनै कदम नचालेको पनि आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘स्काउटका सम्पत्तिको सदुपयोग गर्न सकिएको छैन् । उहाँ त व्यापारिक घरानासँग मिलेर यहाँ हडप्ने षड्यन्त्रमा हुनुहुन्छ । मेरो राजनीतिक चरित्र पनि हत्या गर्ने उद्देश्यले, मेरो निर्वाचन क्षेत्रमा उहाँ पुग्नुभयो । हराउन खोज्नुभयो । स्काउटमा मान्छे भर्ती गरेर परिचालन गरेको सुचना छ । स्काउटजस्तो स्वच्छ छविलाई बद्नाम गर्नुभएको छ । उहाँ विचौलिया हो । म अदालतमा पनि मानहानीको मुद्दा दर्ता गर्छु । अपमानजनक कार्य रोक्न ध्यानाकार्षण गराउँछु । यहाँ म मात्रै छैन्, म अहिले यो कम्पनीमा छैन् । म अब व्यवसायलाई छोड्दै, जनसेवामा जुटेको छु । यो विषयको सत्य, तथ्य सबैले थाहा पाउनुपर्छ । म त निर्वाचित जनप्रतिनिधि पनि हुँ, यो सामाजिक संस्था बचाउने दायित्व मेरो पनि हो ।’

    विज्ञप्ति : 

    1.PNG

    2.PNG

     

     


    आइतवार, मंसिर २५ २०७९०२:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij