Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नेपाल वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

नेपाल वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

  • आइतवार, मंसिर २५ २०७९

  • 523
    SHARES

  • नेपाल वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

    काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ।

    निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो।

    निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौँबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौँ अवतरण गर्नेछ।

    नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको बताउनुभयो।

    आगामी दिनमा माग भए उडान संख्या बढाउन सकिने उहाँको भनाइ छ। निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ।

    हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन्।


    आइतवार, मंसिर २५ २०७९०२:३२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij