Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंसिर २६ गते समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने

मंसिर २६ गते समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने

  • शनिवार, मंसिर २४ २०७९

  • 492
    SHARES

  • मंसिर २६ गते समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने
    काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गते सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिबार(आज) बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभएको हो। 
     
    हालै सम्पन्न निर्वाचनमा संघीय संसद्मा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५÷५ सिट समानुपातिकतर्फ सिट सङ्ख्या प्राप्त गरेका छन् ।
     
    निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरू निर्वाचित भएको घोषणा भएको मितिले ७ दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताउनुभयो ।


    शनिवार, मंसिर २४ २०७९०७:४७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij