Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

  • शनिवार, मंसिर २४ २०७९

  • 409
    SHARES

  • विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

    शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

    दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा पुगेको थियो । स्विट्जरल्यान्डलाई हराएर पोर्चुगल पनि क्वाटरफाइनलमा पुगेको थियो ।

    यस्तै, अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

    दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्यान्डले सेनेगललाई हराएका थिए ।


    शनिवार, मंसिर २४ २०७९०८:३५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij