Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेलहरु हुँदै

विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेलहरु हुँदै

  • शुक्रवार, मंसिर २३ २०७९

  • 568
    SHARES

  • विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेलहरु हुँदै

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ ।

    कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

    एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

    ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

    यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो ।

    यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।


    शुक्रवार, मंसिर २३ २०७९०७:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij