Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालद्वारा स्कटल्याण्डलाई १२० रनको लक्ष्य

नेपालद्वारा स्कटल्याण्डलाई १२० रनको लक्ष्य

  • बिहिवार, मंसिर २२ २०७९

  • 382
    SHARES

  • नेपालद्वारा स्कटल्याण्डलाई १२० रनको लक्ष्य
    काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपालले स्कटल्याण्डलाई जितका लागि १ सय २० रनको लक्ष्य दिएको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहीबार(आज) टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो ।
     
    नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
     
    स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए । क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए ।
     
    यस सिरिजमा दुवै देश चौथो खेल खेल्दै छन् । तेस्रो खेलमा स्कटल्याण्ड नामिबीयासँग पराजित भएको थियो । नेपालले पनि तेस्रो खेलमा नामिबियासँग नै पराजित भएको थियो । 
     
    यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागिता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन् ।  दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ । 
     
    ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।


    बिहिवार, मंसिर २२ २०७९०४:४७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij