Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चुनावका बेला प्रधानमन्त्री बन्छु भन्नु गलत होईन : डा भण्डारी

चुनावका बेला प्रधानमन्त्री बन्छु भन्नु गलत होईन : डा भण्डारी

  • बुधवार, मंसिर २१ २०७९

  • 928
    SHARES

  • चुनावका बेला प्रधानमन्त्री बन्छु भन्नु गलत होईन : डा भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद डा चन्द्र भण्डारीले प्रधानमन्त्री बन्ने आकांक्षा नेताहरुले व्यक्त गर्नु स्वभाविक भएको बताउनु भएको छ ।

    पार्टीको संसदीय दलमा उम्मेदवार बन्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्नुलाई गलत भन्न नमिल्ने उहाँको भनाई छ ।

    ‘चुनावका बेलामा जनतालाई उत्साहित र आकर्षित गर्न पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नु नराम्रो होईन,’ नेता भण्डारीले भन्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले संसदीय दलको नेता बन्छु भन्नेहरुमा सरकार चलाउने योजना नहुनु भने दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, ‘संसदीय दलको नेता बन्छु भन्ने कतिपय नेताहरुमा देशका समस्याहरु कसरी समाधान गर्छु, कसरी सरकार चलाउछु भन्ने योजना नै छैन, अनि कसरी सरकार प्रभावकारी हुन्छ, कसरी देश बन्छ ?’

    प्रधानमन्त्री बन्छु भन्ने धेरैयोजना विनाका उम्मेदवार भएको उहाँको टिप्पणी छ । काँग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोईराला समूहबाट उपसभापतिको उम्मेदवार बन्नु भएका नेता भण्डारीले आफ्नो समूहमा कुनै हालतमा विभाजन नआउने दावी गर्नुभयो ।

    कोईराला समूहबाट नेता कोईराला र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि आकांक्षा देखाएपनि दुई मध्ये एक मात्रै उम्मेदवार हुने जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो, 'हामी भित्र कुनैपनि हालतमा विभाजन हुदैन, हाम्रो विचार समूहमा मिलाएर जान्छौँ, केही दिनपछि छलफल गरेर हाम्रो उम्मेदवार टुङ्गो लगाउछौँ, हाम्रो तर्फबाट एक जना मात्रै उम्मेदवार हुन्छ ।'


    बुधवार, मंसिर २१ २०७९०८:५८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij