काठमाडौं। नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसंग काठमाण्डौमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका(Kikuta Yutaka) तथा जापानको फोर्थ कन्सिगे्रस कर्पोरेशन का कार्यकारी प्रमुख योहेयी सिबासाकी (Yohei Shibasaki) सहित जापानको टोलीलाई नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धननज्य रेग्मीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै राजदुत युताकाले जापान र नेपालबीच पूरानो सम्बन्ध रही आएको चर्चा गर्दै जापानी नागरिकहरुले नेपाल भ्रमण गर्न मन पराउने बताउनु भयो । ‘नेपाल साच्चिकै सुन्दर छ । जापानीजहरु नेपाल आउन मन पराउँछन । जापानका विभिन्न कम्पनीका उच्चपदाधीकारी नेपाल आएको अवसरमा पर्यटन बोर्डले आयोजना गरेको यो कार्यक्रमबाट नेपालबारे थप बुझ्न सहयोग पुगेको छ ।’उहाँले भन्नुभयो ।
यस्तै पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल प्रकृति ,संस्कृती,साहसिक पर्यटनका लागि उर्पयुक्त गन्त्वय भएको बताउँदै यस्ता कार्यक्रमको माध्यमबाट दुई देश बीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनु भयो ।
बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले नेपालको पछिल्लो पर्यटनका बारेमा जानकारी दिँदै नेपालको हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को तावेईसंगै अन्य विभिन्न एतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल जापान सम्बन्धको छुट्टै आयाम रहेको र नेपालको पर्यतीय पर्यटनको प्रर्वद्धनमा जापानको राम्रो भूमीका रहेको बताउनु भयो ।
यस्तै जापानको फोर्थ कन्सिगे्रस कर्पोरेशन का कार्यकारी प्रमुख योहेयी सिबाकासीले पर्यटन बोर्डले जापानी पर्यटकको स्वागत गरेकोमा खुशी व्यक्र गर्दै आउने दिनमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने बताउनु भयो । नेपाल भ्रमण रहको उक्त टोलीमा जापानका विभिन्न प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।