Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रवीन्द्र मिश्रको चुनावी खर्च कति ?

रवीन्द्र मिश्रको चुनावी खर्च कति ?

  • मंगलवार, मंसिर २० २०७९

  • 654
    SHARES

  • रवीन्द्र मिश्रको चुनावी खर्च कति ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यही मंसिर ४ गतेको निर्वाचनमा भएको आफ्नो खर्चको विवरण सार्वजनिक गर्नुभएको छ ।

    आज विज्ञप्ति जारी गर्दै उहाँले निर्वाचनमा साढे २४ लाख खर्च भएको जनाउनुभएको छ ।

    मिश्रले काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गर्नुभएको थियो । सो क्रममा उहाँले २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोगसमक्ष पेस गरिएको बताउनुभएको छ ।

    “मलाई यो उल्लेख गर्दा खुसी लाग्छ कि सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा मैले रु २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम मेरो पार्टीलाई बुझाएको थिएँ,” विज्ञप्तिमा उहाँले लेख्नुभएको छ, “पहिलेजस्तै यसपटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ । निर्वाचन आयोगले तोकेको खर्चसीमा रु २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देशमार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ । त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो । जसबाट प्राप्त कुल सहयोग लगभग रु ३३ लाख हुन गएको छ ।”

    उहाँले बाँकी लगभग ८ लाख ५० हजार रुपैयाँ काठमाडौं क्षेत्र नम्बर–१ सरोकार कोषमा जाने उल्लेख गर्नुभएको छ । 


    मंगलवार, मंसिर २० २०७९०२:२०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij