Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलमा आज प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुने, कुन टिम को सँग भिड्दै ?

विश्वकप फुटबलमा आज प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुने, कुन टिम को सँग भिड्दै ?

  • मंगलवार, मंसिर २० २०७९

  • 458
    SHARES

  • विश्वकप फुटबलमा आज प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुने, कुन टिम को सँग भिड्दै ?

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् ।

    मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने मोरक्को र स्पेनबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

    आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह 'एफ' को विजेता र स्पेन समूह 'ई' को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।

    अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । प्रि-क्वाटरफाइनलको अन्तिम खेलको रुपमा रहेको यस खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    लुसिल स्टेडियममा आज दुबै टोली पोर्चुगल र स्विट्जरल्यान्ड जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा रहेको छ ।

    पोर्चुगल समूह 'एच' को विजेता र स्विट्जरल्यान्ड समूह 'जी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।


    मंगलवार, मंसिर २० २०७९०७:३७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij