Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

माया लुहारको हत्या घटनाः आरोपित सशस्त्रका जवान सार्वजनिक

माया लुहारको हत्या घटनाः आरोपित सशस्त्रका जवान सार्वजनिक

  • सोमवार, मंसिर १९ २०७९

  • 544
    SHARES

  • माया लुहारको हत्या घटनाः आरोपित सशस्त्रका जवान सार्वजनिक

    काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

    मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले हिजो कञ्चनपुरको महेन्द्रनगरबाट कोलीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कोलीलाई राति बैतडी पुर्‍याएर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।

    कोली सशस्त्र प्रहरी जवान हुन् भने माया ०७९ मंसिर ४ गते भएको निर्वाचनमा म्यादी प्रहरी थिइन् ।

    शिवनाथ गाउँपालिका–४ घर भएका कोलीले नै मायाको हत्या गरेको दाबी प्रहरीको छ । कोलीलाई पक्राउ गर्दै अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो ।


    सोमवार, मंसिर १९ २०७९०५:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij