Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलमा आज दुई खेल हुँदै, को–को भिड्दै छन् ?

विश्वकप फुटबलमा आज दुई खेल हुँदै, को–को भिड्दै छन् ?

  • सोमवार, मंसिर १९ २०७९

  • 1.0K
    SHARES

  • विश्वकप फुटबलमा आज दुई खेल हुँदै, को–को भिड्दै छन् ?
    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।
     
    आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । जापान समूह ’ई’ बाट  विजेता र  क्रोएसिया समूह ’एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
     
    अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । 
     
    आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ’जी’ को विजेता र दक्षिण कोरिया समूह ’एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।  
     


    सोमवार, मंसिर १९ २०७९०७:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij