Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबल : सेनेगलमाथि सहज जितसँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा

विश्वकप फुटबल : सेनेगलमाथि सहज जितसँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा

  • सोमवार, मंसिर १९ २०७९

  • 473
    SHARES

  • विश्वकप फुटबल : सेनेगलमाथि सहज जितसँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा

    काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा आइतबार राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

    इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

    पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।  

    अब इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको सामना गर्नेछ । पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ । सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।


    सोमवार, मंसिर १९ २०७९०६:३६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij