Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अन्तरराष्ट्रिय दीगो पर्वतीय सम्मेलन–२०२२ सम्पन्न

अन्तरराष्ट्रिय दीगो पर्वतीय सम्मेलन–२०२२ सम्पन्न

  • शनिवार, मंसिर १७ २०७९

  • 623
    SHARES

  • अन्तरराष्ट्रिय दीगो पर्वतीय सम्मेलन–२०२२ सम्पन्न

    काठमाडौं। हिमालको दिगो व्यवस्थापनको लागि सरोकारवालाहरु सबैको चासो र एकिकृत प्रयास आवश्यक भएको निश्कर्ष सहित काठमाण्डौमा जारी दिगो पर्वतीय विकास सम्मेलन (International Sustainable Mountain Development Conference 2022) सम्पन्न भएको छ ।

    मंसिर १५, १६ र १७ गते काठमाण्डौको चन्द्रागिरीमा सम्पन्न सम्मलेनमा विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरिएको छ ।

    संयुक्त राष्टसंघको महासभाले सन् २०२२ लाई अन्तराष्ट्रिय दिगो पर्वतीय विकास वर्ष (International Year of Sustainable Mountain Development 2022) को रुपमा मनाउने घोषणा गरे अनुरुप अन्तराष्ट्रिय पर्वतीय दिवस (International Mountain Day 2022) को पूर्व सन्ध्यामा अन्तरराष्टिय विश्वका विभिन्न देशबाट सम्मेलनमा सहभागी हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरुले हिमालहरुको दिगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानविय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालाहरुलाई गम्भीर बन्न सुझाव समेत दिएका छन् ।

    कार्यक्रममा नेपाल सहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन र भारत लगायतका देशका विज्ञहरुले प्रत्यक्ष तथा भच्र्युल रुपमा क्षेत्रका विज्ञहरुले प्रस्तुतिकरण दिनुभएको थियो । भने नेपालका पर्यटनसंग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

    नेपाल पर्यटन बोर्डको आयोजना तथा त्रिभुवन विश्व विद्यालय, काठमाण्डौं विश्वविद्यालय, होकाइदो युनिर्भसिटी जापान, युनिर्भसिटी अफ कोलोराडो अमेरिका, जीएलपी जापान, डब्ल्यूडब्ल्यूएफ नेपाल, इसिमोड, यूएनडिपी लगायतका संस्थाहरुको प्राविधिक सहयोग तथा समन्वयमा सम्मेलन आयोजना गरिएको थियो ।

    कार्यक्रम उद्घाटन सत्रमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले नेपाल हिमालयको देश भएको र नेपालमा आयोजना गरिएको यस कार्यक्रमबाट हिमालयको दीगो विकास र संरक्षणमा सकारात्मक सन्देश प्रभाव गर्न मद्धत पुगेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख वक्ता कोलोराडो विश्वविद्यालयका प्राध्यापक डा.अल्टन सी वायरले जलवायू परिवर्तन र यसले हिमालय क्षेत्रमा पारेको प्रभाव न्यूनिकरण गर्दै हिमालयको संरक्षणमा एकिकृत प्रयासका लागि एकजुट हुन कार्यक्रमले सहयोग गरेको बताउनु भयो ।

    पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विश्वभरका वातावरण तथा हिमालय क्षेत्रका विज्ञहरुको सहभागितामा नेपालमा आयोजना गरिएको यस सम्मेलनले हिमालको दीगो व्यवस्थापनका लागि विश्वव्यापी रुपमा सन्देश प्रभाव गर्ने सफल हुने विश्वास लिएको बताउनु भयो ।

    सम्मेलनमा उठेका विषय अनुसार आगामी दिनमा हिमालय क्षेत्रको समग्र विकास संरक्षणका लागि नीति तय गर्न सम्मेलनले केही मार्ग दर्शन गरेको र सम्मेलन सफल भएको बोर्डका  आधारमा सहयोग गरेको बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न विषयमा ६६ वटा कार्यपत्र प्रस्तुत गरिएको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।


    शनिवार, मंसिर १७ २०७९०६:२५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij